site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दैनिक २०० भन्दा बढी संस्था कालोसूचीमा, एकै वर्ष थपिए ३४ हजार 

काठमाडौं । कालोसूचीमा पर्ने व्यावसायिक संस्था र व्यवसायीको संख्या निरन्तर बढ्दै गएको छ । समयमा ऋण चुक्ता नगर्दा कालोसूचीमा पर्नेको संख्या दिन प्रतिदिन बढेको हो । कर्जा सूचना केन्द्रका अनुसार हाल दैनिक औसत २०० कम्पनी कालोसूचीमा पर्ने गरेका छन् ।

केही समयअघि यस्तो संख्या ४०० सम्म पुगेको थियो । गत आर्थिक वर्ष २०७९/८० मा ३४ हजार ८१ व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका थिए । अघिल्लो वर्ष कालोसूचीमा पर्नेको संख्या १५ हजार ९९५ थियो । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा १८ हजार ८६ बढी व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका हुन् ।

गएको साउन ३२ गतेसम्म कालोसूचीमा पर्नेको संख्या ६३ हजार ८९९ पुगेको केन्द्रले जानकारी दिएको छ । तर, यसभित्र पर्ने व्यक्तिगत जमानीमा बस्नेको संख्या एउटैमा बढी हुन सक्ने कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले बताए । 

“हालसम्म कालोसूचीको नम्बर ६३ हजार ८९९ पुगेको छ । यो नम्बर मात्र हो । ब्लाकलिस्टको एक नम्बरमा एउटा संस्था परेको छ भने त्यसमा सञ्चालक समितिका सदस्यहरू पनि पर्छन्,” उनले बाह्रखरीसित भने, “यस्ता सदस्यहरू दुईवटा वा त्योभन्दा बढी पनि हुन सक्छन् । भित्र समावेश भएकाहरूको हामीले यो संख्यामा गणना गरेका छौनौँ । यो संस्थाको काउन्ट नम्बर मात्र हो ।”

व्यक्तिका हकमा जमानीमा बसेकाहरूको गणना नगरिएको कुँवरले बताए । गत वर्ष कालोसूचीमा पर्नेको संख्या दैनिक औसत १०० को हाराहारीमा रहेको उनले जानकारी दिए । यसमा चेक बाउन्सको ‘केस’ बढी भएको उनको भनाइ छ ।

कालोसूचीमा पर्नेमध्ये ७० प्रतिशत चेक बाउन्सको केस रहेको उनले बताए । अरू भने ऋण तिर्न नसकेकाहरूको केस आउने गरेको उनले जानकारी दिए ।

यसरी कालोसूचीमा परेपछि आर्थिक कारोबार, विदेश भ्रमण, अध्ययनलगायत सुविधा नपाउने व्यवस्था छ । कालोसूचीबाट हटाउन सक्ने पनि व्यवस्था छ । त्यसका लागि खातावाताले पैसा तिरेको प्रमाण केन्द्रमा पेस गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro