site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकप फाइनलमा स्पेनिस फुटबल संघका अध्यक्षले गरेको चुम्बनबारे छानबिन गर्न फिफ्प्रोको आग्रह

काठमाडौं । विश्वभरका खेलाडीहरूको संगठन फिफ्प्रोले स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले महिला विश्वकपको उपाधि जितेपछि खेलाडीलाई गरेको चुम्बनबारे छानबिन गर्न फिफालाई आग्रह गरेको छ ।

अस्ट्रेलियामा गतहप्ता सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराउँदै उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा मेडल लगाउँदै गर्दा रुबिलेसले जेनी हर्मोन्सोको ओठमा चुम्बन गरेका थिए ।

अध्यक्ष रुबिलेसको यस्तो व्यवहारप्रति स्पेनिस खेलाडी संघले समेत विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो ।

स्पेनिस खेलाडी संघलाई पछ्याउँदै फिफ्प्रोले पनि रुबिलेसको यो कार्य ‘उपयुक्त र स्वीकारयोग्य कहिल्यै नभएको’ भन्दै फिफालाई यसविरुद्ध कदम चाल्न आग्रह गरेको हो ।

यस्तै, अमेरिकाकी विंगर मेगन रापिनोइले रुबिलेसको यो कार्यलाई ‘शारिरीक आक्रमण’ को संज्ञा दिएकी छन् ।

विश्वकप फाइनलको व्यवहारका कारण राजीनामा दिनुपर्ने दबाब खेपेका अध्यक्ष रुबिलेसले भने यसबारे सोमबार नै माफी मागिसकेका छन् । तर, त्यसपछि पनि पेनका प्रधानमन्त्रीले भने रुबिलेसले माफी मागेर मात्र नपुग्ने बताएका थिए ।

fifpro1692865558.jpg

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro