राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकमा ८२ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । दोस्रो दिनको बैठकमा ८२ जना केन्द्रीय सदस्यले धारणा राखेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनमाथि आज बिहान ८ बजेपछि केन्द्रीय सदस्यहरूले धारणा राखेका हुन् । एकजना सदस्यलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ ।
बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको खतिवडाले जानकारी दिए । भोलि नै बैठक सक्ने तयारी छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १७:२२
प्रतिक्रिया दिनुहोस्