site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरु काटेर खानेलाई तत्काल कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गोरु काटेर खानेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाको प्रमुख सचेतकसमेत रहेका शाहीले ९३ प्रतिशत नागरिकको आस्थालाई हिर्‍याएर सामाजिक संजालमा गोरु काटेको प्रचार गरेको बताए ।

“मिठो लागेर मासु खाएको भन्ने सुनियो । सबैभन्दा मिठो मासु मान्छेको हुन्छ भनेर अनुसन्धानले देखाएको छ तिम्रो हिम्मत छ भने मान्छेको मासु खाएर देखाउ,” शाहीले भने, “हिम्मत छ भने साउदीमा गएर सुँगुर काटेर देखाउ ।”

उनले बहुसंख्यक नागरिकको आस्थामा सम्मान हुनुपर्ने पनि बताए ।

कानुनले गाई गोरु काटेर खानेलाई तीन वर्ष जेल सजाए तोकेको भन्दै तत्काल अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro