site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धर्मको नाममा आपसी सद्भाव खलबल्याई द्वन्द्व निम्त्याउनमा अतिवादी तत्वको क्रियाकलाप बढ्यो : भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले धर्मका नाममा द्वन्द्व बढाउने क्रियाकलाप बढिरहेका बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै धरानमा केही समयअघि गोरु काटेर सामाजिक भोज गरिएको घटना निन्दनीय रहेको बताए ।

“धरानामा घटाइएको घटना निन्दनीय छ । आस्थाका केन्द्रमा धावा बोल्ने काम गरिएको छ,” उनले भने ।

गलत मनाशाय बोकेका अतिवादीहरूले द्वन्द्व सिर्जना गरी लाभ लिन खोजेको उनको भनाइ छ ।

“नेपालमा परम्परादेखि चलिआएको धर्म परम्परामा धर्म संस्कृतिको नाममा आपसी सद्भाव खलबलाई द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वका अवान्छित क्रियाकलाप बढ्दै गएका छन्,” भण्डारीले भने ।

उनले प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न गतिविधि बढ्दै गएको बताए । भविष्यमा धर्मका नाममा द्वन्द्व सिर्जना गर्न खोजिएको उनको भनाइ छ ।

उनले धरानमा भएको घटनाको तत्काल जानकारी गराउन पनि माग गरे । “सदनलाई तत्काल जानकारी गराइयोस्,” भण्डारीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro