site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न भएको छ ।

उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका २०० एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको सहभागिता रहेको थियो ।

उक्त अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरूमध्येबाट सर्वोत्कृष्टहरूलाई अवार्डबाट सम्मानित गरिएको थियो ।

देशभरीबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको थियो ।

सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा कमलप्रसाद घिमिरे (बुटवल ट्राफिक चोक) र  सामूहिक व्यवसायअन्तर्गत उपिन्द्रा राई (नयाँ बानेश्वर) लाई अवार्ड, ट्रफी र नगदसहित सम्मानित गरिएको थियो ।

त्यस्तै, प्रोडक्ट एम्बासडरअन्तर्गत  ‘सुरक्षित भविष्य’ र ‘८४ पूर्जा’ जीवन बिमा योजनामा क्रमशः गौरवकुमार शाही र कमलप्रसाद घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो ।

उक्त अवसरमा कम्पनीले एमडीआरटी क्वालिफायर्स, सिइओ क्लब र चेयरम्यान क्लब अन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो ।

कम्पनीले देशभरीबाट सर्वाधिक व्यवसाय, अभिकथर्न नियुक्ति र बिमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र  १० जना अभिकर्तालाई ट्रफीसहित सम्मान गरेको थियो । 

कार्यक्रममा देशभरीबाट सर्वाधिक व्यवसाय गर्ने, अभिकर्ता नियुक्ति गर्ने र बिमालेख जारी गर्ने शाखामध्ये बुटवल ट्राफिक चोक, बुटवल चौराहा र नयाँ बानेश्वर शाखालाई शिल्डसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro