site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया कपका लागि नेपाली टिमको बिदाइ, सन्दीप टिमसँग नजाने
फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कपमा लागि नेपाली टिमलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रममाझ नेपाली टिमको बिदाइ गरेको हो । तर, पहिलो खेलका लागि पाकिस्तान जाने नेपाली टिमसँग स्पिनर सन्दीप लामिछाने भने नजाने भएका छन् ।

क्यानले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै व्यवस्थापक प्रदीप मजगयाले सन्दीप टिमसँग नजाने जनाएको हो ।

“सन्दीपको स्वास्थ्यमा समस्या भएका कारण उनी टिमसँग नहुने भएका हुन् । हामी उनलाई एसिया कप खेलाउनका लागि प्रयासरत छौँ । हाल खेल्ने, नखेल्नेबारे केही निर्णय भएको छैन,” उनले भने ।

एसिया कपका लागि नेपाली टिम आज राति पाकिस्तान जाँदै छ । अगस्ट ३० देखि सुरु हुने एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाए पनि राजनीतिक तिक्तताका कारण भारतले टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगितन ‘हाइब्रिड मोडेल’मा सञ्चालन हुने सहमति बनेको छ ।

जसअनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरु भने श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ ।

पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल घरेलु टिम पाकिस्तान र भारतसँगै समूह ‘ए’मा छ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमै पाकिस्तानसँग खेल्ने तालिका छ । अगस्ट ३० मा हुने यो खेल पाकिस्तानको मुल्तानमा हुनेछ । यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा भारतविरुद्ध श्रीलंकामा खेल्नेछ ।

नेपालले विश्व च्याम्पियन बनिसकेका भारत र पाकिस्तानसँग पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेल्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro