site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि छर्कँदै महानगर
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगी संक्रमण फैलिन नदिन जैविक औषधि ‘बायो लार्भिसाइड’ छर्किने भएको छ । लामखुट्टेको लार्भा नष्ट गर्न यस्तो औषधि प्रयोग गर्न लागिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार बायो लार्भिसाइड पानीको माथिल्लो भागमा छर्किएपछि लार्भाको पेटमा विष उत्पादन गरी पाचन प्रक्रिया नष्ट गराउँछ । जसबाट लार्भा विकसित हुन नपाइ मर्दछ ।

Prabhu Bank
Agni Group
NIC Asia

डेंगीसहित, फिलारिया, औलो, चिकनगुनीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने उद्देश्यले यस्तो औषधि प्रयोग गर्न लागिएको हो । यो विषाद नभएर औषधि भएकाले कसैलाई पनि हानि नगर्ने महानगरले जनाएको छ ।

लार्भा नष्ट गर्ने अभियानका लागि ६४ जना नगर प्रहरीलाई खटाइएको छ । उनीहरु हरेक वडामा पुगी पानी जमेको ठाउँमा बायो लार्भिसाइड छर्किनेछन् ।

Global Ime bank

महानगरले डेंगीको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा ल्याएको छ । अस्पताल जानुपर्ने बिरामीका लागि १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगीको उपचारका लागि चाहिने सिटामोल, जीवनजललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको पनि महानगरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय