site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रिनिडाड एन्ड टोबागोमा अलपत्र तीन नेपाली महिलाको उद्धार

वासिङटन डीसी (अमेरिका) । अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एन्ड टोबागोमा अलपत्र तीन नेपाली महिलाको उद्धार गरेको छ ।

विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ तामाङ, तीर्था लामा वाइवा र यांगेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको डीसीस्थित दूतावासले जनाएको छ । उनीहरू बिहीबार र शनिबार काठमाडौं पुग्ने दूतावासले जानकारी दिएको छ ।

दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरूले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्द गरेका थिए । त्यसले उनीहरूको अध्यागमनमा कठिनाइ उत्पन्न भएको थियो ।

ट्रिनिडाड एन्ड टोबागो सरकार र त्यहाँ रहेका नेपालीले उनीहरूलाई उद्धारमा सहयोग गरेका थिए ।

पर्यटक भिसामा क्यारिबियन देशमा यात्रा गर्दा उनीहरूले भिसा आवेदनका साथ फाराम भर्दा अपनाएको पर्यटक भिसा र अरू भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्न समेत अमेरिकास्थित नेपाली दूतावासले अपिल गरेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro