site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास प्रकरण : सीआईबीले सरकारी वकिल कार्यालयमा बुझायो प्रतिवेदन 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । मंगलबार सीआईबी टोलीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन सोमबार नै बुझाउने तयारी गरिएको थियो । तर, ‘अन्तिम समय’मा पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार र सञ्जय साहको बयान लिँदा ढिलाइ भएको बताइएको छ । आइतबार साँझ सीआईबी टोलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र सोमबार बिहान अर्का पूर्वप्रधानमन्त्री मावधकुमार नेपालको ‘बयान’ लिएको थियो ।

गएको असार १२ गतेदेखि सीआईबीले संगठित किर्ते मुद्दामा अनुसन्धान थालेको थियो । ५६औँ दिनमा अनुसन्धान सकाएर सीआईबीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro