site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास प्रकरण : पूर्वमन्त्री गच्छदार र साहले दिए सीआईबीमा बयान
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ ।

ललितानिवास जग्गा प्रकरणमा जोडिएका पूर्वमन्त्री चन्द्रदेव जोशीसित सोमबार बयान लिइएको थियो । त्यसलगत्तै दुई पूर्वमन्त्रीहरू गच्छदार र साहको पनि बयान लिइएको सीआईबीले जनाएको छ ।

जनकपुर बमकाण्डमा दोषी ठहर भई साहले हाल नख्खु कारागारमा जेलजीवन बिताइरहेका छन् । उनलाई सीआईबीले आफ्नै कार्यालयमा झिकाएर बयान लिएको हो ।

सोमबार नै सीआईबीले सरकारी वकिलसमक्ष अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, पक्राउ पुर्जी जारी भएका मन्त्रीहरू ‘अन्तिम समय’मा आफैँ बयानका लागि सीआईबी पुगेपछि प्रतिवेदन बुझाउन समेत ढिलाइ भएको जनाएको छ ।

सो प्रकरणमा जोडिएका अझै एक पूर्वमन्त्री डम्बर श्रेष्ठ सीआईबीको सम्पर्कमा आएका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro