site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला विश्वकपको सफलताले लुकाउन सक्दैन पुरुषसँगको असमानता
SkywellSkywell

काठमाडौं । केही वर्षअघिसम्म स्टोक सिटीका महिला खेलाडीहरूलाई प्रि–सिजनको प्रशिक्षणमा डकआउट चित्रकारी र कुनै समय प्रतिस्पर्धामा रहेको पुरुष टिमको मैदान सफा गर्ने काममा समावेश हुन्थ्यो ।

तर, अहिले महिला फुटबलमा उल्लेख्य परिवर्तनसँगै पारिश्रमिकसमेत पाउन थालेका छन् । पूर्णकालीन प्रशिक्षकबाट निर्देशन पाउन र पुरुष खेलाडीसरहको लाखौँ पाउन्ड पर्ने प्रशिक्षण सुविधामा रमाउन पाएका छन् । उनीहरूको अबको पहिचान फोहोर संकलन गर्नेबाट पूर्ण रूपमा फेरिएको छ ।

“निकै छोटो समयमा हामीले ठूलो परिवर्तन देख्यौं,” स्टोक सिटीबाट तेस्रो सिजन खेलिरहेकी २४ वर्षीय मिडफिल्डर मोली होल्डरले भनिन्, “हामी जिमको प्रयोग गर्न चाँडै जान्छौँ, हामीसँग फिजियोसम्मको पहुँच छ । २० मिनेट भिडियो विश्लेषण कक्षामा बिताउँछौँ । कहिलेकाहीँ डार्ट खेल्छौँ र सहकर्मीसँग बसेर खाना खान्छौँ । यसले हामी स्टोकको भाग भएको महसुस गराउँछ ।”

Dabur Nepal
NIC Asia

यही व्यावसायिकताले नवौँ महिला विश्वकपको सफलतालाई बलियो बनाएको छ । जुन आइतबार स्पेनले फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराएसँगै समाप्त भयो । विश्व महिला फुटबलमा स्पेन र इंल्यान्ड दुवै महिला घरेलु लिग भएका देश हुन् ।

मैदानमा उपस्थित र टेलिभिजनमा कीर्तिमानी दर्शकको साथ पाएको यो संस्करणले महिलाको खेलले पुरुषसँगको तुलनामा रहेको आर्थिक असमानतालाई कम गर्नेछ भन्ने आश जगाएको छ ।

Woman worldcup11692634812.png

डेलोइट कन्सल्टेन्सीका अनुसार, सन् २०२१/२२ सिजनमा विश्व फुटबलमा सबैभन्दा बढी राजस्व उत्पन्न गर्ने क्लबहरूको महिला टोलीले क्लबको कुल राजस्वको ०–१ प्रतिशत हिस्सामात्र ओगटेको थियो ।

स्पेनलाई आइतबार उपाधि दिलाउन निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोना स्पेनिस क्लब रियाल मड्रिडबाट खेल्छिन् । जहाँ २०२१–२२ को सिजन क्लबले महिला फुटबलबाट १.४ मिलियन युरो राजस्व संकलन गरेको डेलोइटले खुलाएको छ ।

डेलाइटका अनुसार यसको तुलनामा सोही सिजन रियाल मड्रिडको पुरुष टिमले ७१३.८ मिलियन युरो राजस्व संकलन गरेको थियो ।

‘टेलिभिजन ब्ल्याकआउट’
टेलिभिजन बोर्डकास्ट अधिकारमा महिलाको खेल प्रतिस्पर्धाका लागि निकै संघर्षरत छ । कतिसम्म भने युरोपका शीर्ष पाँच राष्ट्रले विश्वकप प्रसारणको अधिकारका लागि पर्याप्त रकमको प्रस्ताव नगरेको भन्दै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ‘ब्ल्याकआउट’ को धम्कीसमेत दिएका थिए ।

फिफाका अनुसार बेलायत, स्पेन, फ्रान्स, जर्मनी र इटालीले महिला विश्वकप प्रसारणका लागि एक मिलियनदेखि १० मिलियन डलरसम्मको प्रस्ताव गरेका थिए । पुरुष फुटबलसँग यसको तुलना गर्दा कतारमा सम्पन्न विश्वकप प्रसारणका लागि उनीहरूले १०० मिलियनदेखि २०० मिलियन डलर तिरेका थिए ।

“हामीले टेलिभिजन सम्झौताका लागि केही मानिसहरूसँग पञ्जा लडाइँ नै खेल्नुप¥यो,” सन् २०१५ र २०१९ मा अमेरिकालाई विश्वकपको उपाधि दिलाएकी प्रशिक्षक तथा हाल फिफाको प्राविधिक कमिटीको नेतृत्व गरिरहेकी जिल एलिसले भनिन् ।

अब प्रश्न विश्वकपमा साथ दिएका विशाल दर्शकहरूले अन्तर्राष्ट्रिय खेल र प्रमुख प्रतियोगिताहरू बाहिर पनि चासो कायम राख्न आवश्यक पर्ने घरेलु क्लबहरूका लागि ठूला प्रसारण अधिकार र प्रायोजन सम्झौताहरूको ढोका खोल्न सक्छन् भन्नेमा छ ।

Woman worldcup1692634812.png

“घरेलु लिगका महिला फुटबल अझै पनि सुरुआतकै चरणमा छन्,” फुटबलमा महिला नामक संस्थाकी निर्देशक तथा खेलकुद व्यवसाय एजेन्सी द स्पेस बिटविनकी सह–संस्थापक लिजा पर्फिटले भनिन्, “त्यसैकारण यो सबै लगानीको कुरा हो ।”

सन् २०२२ मा सम्पन्न युरोपियन च्याम्पियनसिपको उपाधि इंग्ल्यान्डले जित्दा १७.४ दर्शकले जर्मनीसँगको फाइनल खेल प्रत्यक्ष हेरेका थिए । यसले पनि जब कुनै टिमको सफलता राष्ट्रिय चर्चाको विषय बने कस्तो प्रभाव पुग्छ भन्ने देखाउँछ ।

उक्त फाइनलको प्रत्यक्ष प्रसारण हेर्नेहरूमा ठूला पर्दाअघि, पब वा अन्य पार्कमा एकसाथ बसेर हेर्नेहरूलाई समावेश गरिएको छैन ।

जिल स्कट, क्लोइ केली र एला टुनले सामाजिक सञ्जालमा ठूलो फ्यान फलोइङ बनाएका छन् । र, विभिन्न ब्रान्डसँग प्रायोजन सम्झौता समेत गर्दै आफ्नो नाम र महिला फुटबललाई चर्चाकाबीच राखिरहेका छन् ।

गेम चेन्जर
लिभरपुल विश्वविद्यालयका किरन मग्वायरले इंग्ल्यान्डको घरेलु महिला सुपर लिग (डब्लूएसएल)लाई प्रिमियर लिगको ठूलो चुनौती रहेको बताए । तर, पनि डब्लूएसएलमा अघिल्लो वर्षको तुलनामा दर्शकको उपस्थिति १७० प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएका छन् ।

आर्सनलले ४७ हजार ३६७ जना कीर्तिमानी दर्शकको साथ पाउनु यसको उदाहरण हो । फुटबल खेल्न दर्ता हुने महिला खेलाडीको संख्या पनि १६ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ ।

यी सबै महिलाको खेलले पनि अब प्रस्तावका लागि केही फरक कुरा बोकेको छ भन्ने उदाहरणहरू हुन् । स्केमा बिजनेस स्कुल, फ्रान्सका साइमोन चान्डविक लाखौं दर्शकहरूसम्म पुग्न सकिने भएकाले विश्वभरका मुख्य ब्रान्डहरू सधँै पुरुषको खेलमा विज्ञापनका लागि घुमिरहने बताउँछन् ।

Woman worldcup31692634816.png

तर, चाडविक र स्पेनमा आधारित महिला फुटबल एजेन्ट कार्लोटा प्लानास दुवैले विश्वकप खेलेका धेरै खेलाडीहरूको उदाहरण दिँदै महिला खेलले अब दृढता, लचिलोपन र एकताको मूल्यको प्रस्तावसहित विज्ञापनदाताहरूलाई आकर्षण गर्नसक्ने तर्क गर्छन् ।

“आफूले पाउन योग्य स्थानमा आइपुग्नका लागि खेलाडीहरूले धेरै संघर्ष गर्नु परेको छ । धेरै चुनौती र पर्खालहरु भत्काउनु परेको छ,” प्लानासले भनिन्, “त्यो सपना र उत्साहका लागि उनीहरूले लड्नु पर्‍यो र पाए पनि ।”

स्टोक सिटीमै फर्किदा, भर्खरै अर्ध–व्यवसायिक महिला टोली र नजिकै गाउँहरूका असंख्य मैदानहरू जहाँ उत्सुक आमाबाबुले आफ्ना छोरीहरूलाई खेल्नका लागि प्रदान गरिरहेका हुन्छन्, उनीहरू दुवैमा दृढ संकल्प देखिन्छ ।

“आशा छ, यो विश्वकप पछि धेरै भन्दा धेरै मानिसहरू उठ्नेछन् र सोच्नेछन् ‘हाम्रो स्थानीय टोली खेल्दै छ, जाऔं र तिनीहरूलाई हेरौं’,” होल्डरले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu