देश
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ । जोशी आफैँले आफूले सीआईबीसमक्ष बयान दिएको जानकारी दिएका छन् ।
उनले बयान दिएपछि आफूलाई हलुको महसुस भएको पनि बताएका छन् । र, चाहिएका बेला आफू आवश्यक सहयोग गर्न तयार रहेको पनि बताएका छटन् ।
"अन्ततः बोझबाट हलुका भएको छु । सीआईबीसमक्ष बयान दिएर अइयो । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ । चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु," उनले भनेका छन् ।
जोशीले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नहरेको बताउँदै आएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० २०:२०
प्रतिक्रिया दिनुहोस्