site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिनियाँसँग बयान लिन सीआईबीलाई सकस, एक घण्टाको पाँच हजार तिरेर दोभासेको प्रयोग

काठमाडौं । हरिया रंगका आउटर लगाएका एक हुलले खचाखच भरिएको सेतो रंगको गाडी आइतबार अबेरतिर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को गेट भित्र छिर्‍यो ।

सामान्यतय सीआईबीको कार्यालय भित्र छिर्दा गेटमा प्रहरीकै गाडी भए पनि सोधपुछ गरेरमात्रै प्रवेश दिइन्छ ।  तर, हरिया रंगको आउटर लगाएको गाडी देख्नासाथ भने गेटमा केही नसोधी गाडीलाई प्रवेश दिइयो ।

गाडी सीआईबीको ग्राउण्डको पार्किङमा गएरमात्रै रोकियो । तर, गाडीभित्रका कोही पनि बाहिर झरेनन् ।  बरु सादा पोशाकमा रहेका प्रहरीले दुई–दुई जना गरी सीआईबीको कार्यालयको दोस्रो तलाको छेउको कोठामा पुर्‍याउन थाले त्यो पनि पालैपालो ।

Dabur Nepal
NIC Asia

उक्त कोठा सीआईबीले सुन तस्करीबारे अनुसन्धान गर्न बनाइएको छुट्टै टोली राखेको छ । त्यसरी गाडीमा ल्याइएका मध्ये सातजना चिनियाँ नागरिक पनि थिए । चिनियाँ नागरिकको हातमा हतकडी लगाएर गाडी बाहिर झार्दै गर्दा एक प्रहरी अधिकारी भन्दै थिए, “चिनियाँले हैरानीमात्रै गरे । साह्रै अटेरी हुँदा रै’छन् । केही बोल्नै मान्दैनन् ।”

ती अधिकारीले सोही टोलीलाई देखाउँदै थपे– ६० किलो सुन तस्करीका चिनियाँहरुको टोली यही हो । अहिले बयान हुँदैछ । सीआईबीको हिरासत भरिएपछि सुन तस्करी आरोपमा पक्राउ परेकालाई सीआईबीले काठमाडौंका विभिन्न प्रहरीको हिरासतका राखेको छ ।

आइतबार अबेर उनीहरुलाई बयानका लागि सीआईबी पुर्‍याइएको थियो ।  ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म राजस्व अनुसन्धान विभाग र सीआईबीले गरेर २३ जनालाई पक्राउ गरेको छ । जसमध्ये ७ जना चिनियाँ नागरिक छन् ।

२ साउनमा चिनियाँ नागरिक याओ पेचिङकै समूहले ब्रेक सु मार्फत सुन तस्करी गर्ने गरेको खुलेको छ ।  सीआईबीले चार दिनअघिमात्रै ३२ साउनमा सुन तस्करीका मूख्य आरोपी याओ पेचिङलाई पक्राउ गरेको हो । सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि संगठित तस्करी मुद्दामा अनुसन्धान जारी राखेको छ ।

दोभासेलाई घण्टाको पाँच हजार दिएर बयान

संगठित सुन तस्करी अनुसन्धानमा लागेको सीआईबीले ६० किलो सुन तस्करीको अनुुसन्धानको जरैसम्म पुग्ने जनाएको छ । सुन तस्करी गर्ने गिरोहका मूख्य नाइके चिनियाँ नागरिक याओ पेचिङ पक्राउलेसमेत सीआईबीलाई अनुसन्धानको जरैसम्म पुग्न बल पुगेको सीआईबी स्रोतको दावी छ ।

तर, पक्राउ परेका चिनियाँ आरोपीहरुसँग बयान लिनभने प्रहरीलाई सकस भएको छ । सुन तस्करी अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसँग चिनियाँ भाषाको अभाव हुँदा बयानमा केही समस्या परेको हो ।
उसो त नेपाल प्रहरीसँग नै चिनियाँ भाषाबारे जानकार जनशक्तिकै अभाव छ । 

प्रहरी स्रोतका अनुसार सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँसँग बयान लिन सीआईबीले विश्वभाषा क्याम्पसबाट दोभासेको प्रयोग गरेको छ । चिनियाँ नागरिकसँग बयान लिन सीआईबीले मान्यता प्राप्त व्यक्तिलाई प्रयोग गरेको सीआईबीका एसएसपी निदेश आर्चायले पुष्टि गरे । 

तर, अनुसन्धान भइरहेकाले सुन तस्करी प्रकरणरबारे आफू धेरै बोल्न नमिल्ने बताए । प्रहरी उच्च स्रोतका अनुसार भने विश्वभाषाबाट सीआईबीले एक घण्टाको ५ हजार रुपैयाँ तिरेर बयानको लागि चिनियाँ भाषा विज्ञलाई प्रयोग गरेको छ ।

ती अधिकारी भने, “हामीले अनुसन्धानको कुराहरु बाहिर नजाने सर्त राखेर केही भाषा विज्ञहरुलाई राखेका छौं । उनीहरुको डिमाण्डनै पाँच हजार रहेछ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro