site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालमा शल्यक्रियाका लागि पालो कुनुपर्ने अवस्थाको अन्त्य गर्छौँ : निर्देशक डा. पौडेल 

काठमाडौं । वीर अस्पतालले शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्थाको चाँडै अन्त्य गरिने जनाएको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले शल्यक्रियाका लागि महिनौँदेखि पालो कुनुपर्ने स्थितिको अन्त्य गर्न आफूहरू लागिपरेको बताएका हुन् ।

त्यसका लागि अस्पतालको शल्यक्रिया कक्ष पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको उनको भनाइ छ ।

डा. पौडेलका अनुसार ग्यास्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारण सो सेवा पूर्ण रूपमा सञ्चालन गर्न सकिएको छैन ।

यस्तै, आकस्मिक सेवातर्फ अहिले पनि एउटै बेडमा दुई/तीन बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

वीरले पछिल्लो समय आकस्मिक सेवामा गम्भीर र सामान्य प्रकृतिका बिरामीलाई छुट्टाछुट्टै राखेर उपचार गर्न थालेको छ । आकस्मिक सेवातर्फ हाल ५२ शय्या सञ्चालनमा छन् ।

“हरेक दिन हरेक सेवाको अपरेसन सेवा सञ्चालन गर्ने गरी हामी अगाडि बढेका छौँ । अहिले नाक, कान, घाँटीको हरेक दिन अपरेसन हुन्छ,” डा. पौडेलले भने, “बर्न युनिट सुरु गर्नका लागि अघिल्लो आर्थिक वर्षमा बजेट थिएन, यो वर्ष बजेट पाएका छौँ । सेवा सञ्चालनमा ल्याउनका लागि अत्यावश्यक औजार, मेसिनहरू र भौतिक पुनःसंरचना गर्नुपर्नेछ, अहिले त्यसका लागि काम गरिरहेका छौँ ।”

वीरले हाल बिहान ८ देखि अपराह्न ४ बजेसम्म ओपीडी सेवा दिइरहेको छ । बन्द रहेका ७० शय्या नर्सिङ जनशक्ति थपिएसँगै सञ्चालनमा ल्याइएको छ ।

आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि पर्याप्त बजेट नभएको डा. उनले बताए । सरकारको नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्क दिइने उल्लेख छ । तर, बजेट अभावमा सो नीति कार्यान्वयमा चुनौती रहेको उनी बताउँछन् ।

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरे पनि त्यो पर्याप्त नहुने उनले बताए । आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब आठ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइए पनि सरकारले एक करोड १५ लाख मात्र भुक्तानी गरेको डा. पौडेलको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro