राजनीति

विराटनगर । कोसी प्रदेशसभाको बैठक सुरु भएको छ ।
अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इसराइल मन्सुरीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठक सुरु भएसँगै मुख्यमन्त्री उद्धव थापाले संविधानको धारा १६८ (२) अनुसारको मुख्यमन्त्रीका लागि १६८(४) बमोजिम विश्वास मत लिने प्रस्ताव सदनसमक्ष राखेका छन् ।
आजै मत विभाजनबाट विश्वासको मत लिने कार्यसूची छ । बैठकमा राप्रपाका ६ सांसद सबै अनुपस्थित छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले)का ४० मध्ये ३० जना सांसद बैठकमा उपस्थित छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १५:३८
प्रतिक्रिया दिनुहोस्