site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा सञ्चालन गर्ने सत्ता गठबन्धनको निर्णय, आजै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

काठमाडौं । सत्ता गठबन्धनले कोसी प्रदेशसभा सञ्चालन गरी आजै विश्वासको मत लिने निर्णय गरेको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले आजका लागि बैठक डाकेकी थिइन् । तर, दनुवार स्वयम् अनुपस्थित भएर अस्पताल भर्ना भएको जानकारी गराएपछि विश्वासको मतमा एमालेले गरेको राजनीतिका रूपमा सत्ता गठबन्धनले अथ्र्याएको छ ।

उपसभामुखले बैठक स्थगित नगरी अनुपस्थित मात्र भएपछि विश्वासको मतमा असहयोग गरेको रूपमा सत्ता गठबन्धनले अथ्र्याएको हो । कार्यव्यवस्था परामर्श समितिले आज दिउँसो ३ बजेका लागि बैठक राखेको छ ।

बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पनि लिने गठबन्धनको तयारी छ । माओवादी संसदीय दलका नेता इन्द्र आङ्वोले मत लिने निर्णय भएको जानकारी दिए ।

सभाको सञ्चालन अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले गर्ने बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro