site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्तरिक उडान गर्दा भीभीआईपीलाई विमानसम्म सुरक्षा एस्कर्टसहितको आवागमनको व्यवस्था
फाइल तस्बिर ।

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ अतिविशिष्ट (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) निषेधित क्षेत्र आवागन व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८० कार्यन्वयनमा ल्याएको छ ।

भीआईपीमा सूचीकृत व्यक्तिहरूका हकमा भीआईपी सचिवालयका कर्मचारीबाट उनीहरूको आवागमन सहज बनाउन उडान समयभन्दा एक घण्टाअगावै आन्तरिक विमानस्थल टर्मिनलमा पुग्नुपर्ने व्यवस्था गरिएको छ ।

एक घण्टाअघि विमानस्थल पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने भीआईपी सवारीसाधनसहितको विवरण आन्तरिक टर्मिनल भवनमा रहेको पास इकाइमा उपलब्ध गराई सवारीसाधनको पास लिन र एयरलाइन्स चेक–इन, लगेज/सुरक्षा जाँचको व्यवस्था समेत मिलाउनुपर्छ ।

भीआईपी कक्षदेखि आन्तरिक जहाज पार्किङ/र्‍याम्पसम्मको आवागमन, सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआईपी सवारीसाधनमार्फत मिलाइने कार्यविधिमा उल्लेख छ ।

भीभीआईपीको सवारीमा प्रयोग हुने सवारीसाधनहरूको हकमा र्‍याम्प सुरक्षापालन हुने गरी र्‍याम्पसम्म सुरक्षा एस्कर्टसहितको आवागमनको व्यवस्था मिलाइने कार्यविधिमा जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro