site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदीप गिरि बीपीपछिकै ठूलो समाजवादी चिन्तक : देउवा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरिको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

समाजवादी चिन्तकका रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै आउने उनको भनाइ छ ।

सभापति देउवाले स्व. गिरिका बाँकी कृति र लेखहरू भए प्रकाशन गर्न पार्टीले सहयोग गर्ने उल्लेख गरे । उनले स्व. गिरिका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने पनि बताए ।

“समाजवादी चिन्तकको रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान् हो, बीपीपछिको ठूलो समाजवादी चिन्तक हो,” उनले भने, “उहाँका कृतिहरू छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ । उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु । उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro