site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्यो क्रूर सामूहिक हत्या काण्ड...
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण–पूर्वी दिशामा खाली खेतका गाराहरु । 

पश्चिम क्षेत्रमा सानो जंगल । उत्तरमा एउटा मात्रै जस्ताले छाएको घर । यही चार किल्ला । त्यसको एक सय ७५ मिटरको दुरीमा थियो– सल्यान छायाँक्षेत्र–९ रानागाँउकी सीता खाँणको घर । पति वैदेशिक रोजगारीका लागि भारत ग्एको केही महिनामात्रै भएको थियो । एकान्तको घरमा सीता, दुई छोरीहरु साढे २ वर्षकी पवित्रा र ११ महिनाकी सविता बस्थे ।

कहिले काहीँ सानी छोरी हेर्न बहिनी गीता गिरी घरमा आउँथिन् । २०७३ वैशाख १४ मा पनि गीता दिदी सीताकै घरमै थिइन् । एकान्तको घर भएकाले उनीहरु साँझ चाँडै खाना खाएर सुत्ने र बिहान चाँडै उठ्थे । त्यो बिहान भने सीताका घरका कोही उठेनन् । सधैँ बिहानै उठ्ने सीताका परिवार नउठेपछि आफन्त उनकै घरमा पुगे । सीताको घरको मूल ढोका बन्द थियो । तर भित्रबाट चुकुल भने लागेको थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

सीताको काका सुसुरा पर्ने आफन्त घर भित्रै छिरे । भित्रको दृश्य भने उनले कल्पनासमेत नगरेको पाए । सीता र उनकी बहिनी गीता अर्ध नग्न अवस्थामा रगताम्य भुँइमा लडेका थिए । सास थिएन, शरीर चिसो भइसकेको थियो ।

केही पर सीताका दुबै छोरीहरु त्यसैगरी लडेका थिए । सीताको घरको दृश्यले विरक्तिएका काकाले तत्कालै प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय लुहाम सल्यानको प्रहरी टोली तत्कालै घटनास्थल पुग्यो ।

Global Ime bank

घटनास्थल पुगेको प्रहरी टोलीले सीता खाँणको परिवारको सामूहिक हत्याबारे माथिल्लो कार्यालयमा रिपोर्टिङ गर्‍यो । जिल्ला प्रहरी कार्यालय सल्यानभन्दा करिब २० किलो मिटरको दुरीमा रहेको घटनास्थलमा प्रहरीको थप टोली पुग्यो । प्रहरीले घटनास्थल ‘क्राइमसिन’ सील गरी अनुसन्धानमा जुट्यो ।

घटनास्थलमा भने प्रहरीले केही प्रमाण भेट्याएन । तर, सीताको घरभन्दा केही दुरीमा रहेको एक सानो छाप्रोमा बस्ने ६५ वर्षीय जुठी अधिकारीसमेत घाइते अवस्थामा भेटिइन् । उनलाई उपचारका लागि अस्पताल पठाए । घाइते जुठीको छाप्रोमा भने प्रहरीले केही महत्वपूर्ण ‘क्लु’ फेला पार्‍यो ।

जुठीको घरमा प्रहरीले रगतले लत्पतिएको गाई भैसी बाँध्ने काठको किलो र एउटा लौरो पनि फेला पार्‍यो । जुठीलाई समेत त्यही किलोले प्रहार गरेर हत्या गर्न खोजेको आशंका प्रहरीको थियो । त्यसो त, जुठीकै भूमिकामाथि समेत प्रहरीले आशंका गरेको थियो ।

घटना विभत्स भएका कारण प्रहरीले अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरको टोलीसमेत मगायो । प्रहरीलाई हत्यारा पत्ता लगाउने दवाव बढ्न थाल्यो । घटनास्थल नजिक मान्छेको भीड बढ्दै थियो । एकान्त घर र सामूहिक हत्या र बलात्कारको समेत आशंका गरेको प्रहरीलाई हत्यारा चाँडै पत्ता लाग्नेबारे संशय थियो ।

अनुसन्धान जब हत्यारासम्म पुग्यो...

सीताको परिवारको हत्या भएको ठाउँमा अपराधीले छाडेको कुनै प्रमाण प्रहरीले भेटाएको थिएन । परिवारका तीन सदस्यसहित पाहुनाले समेत ज्यान गुमाएको घटनाले रानागाँउ मात्रै होइन, सल्यान जिल्ला नै त्रसित थियो ।

प्रहरीले सल्यान जोडिने सबै नाकामा चेक जाँच तीब्र पारेको थियो । नेपालगञ्जबाट तालिमप्राप्त कुकुर पुगेपछि प्रहरीले वृद्धाको घरमा फेला पारेको त्यही काठको किलो सुँघाएर घटनाको अनुसन्धान थाल्यो ।

तर, कुकुर आरोपीसम्म पुग्न सकेन । सीताको घरभन्दा एक सय ७५ मिटरको दुरीमा रहेको त्यही घर नपुग्दै कुकुर रोकियो । त्यो घरमा १७ वर्षीय संजय भारती, उनका काका र सानीआमा बस्थे । प्रहरीले संजयकै घरका कसैबाट हत्या भएको आशंका गरेको थियो । तर, संजयका काका सानी आमामाथि सोधपुछ गर्दा उनीहरुमाथि शंका गर्ने कुनै ‘क्लु’ भेटेन ।

प्रहरीले संजयमाथि १७ वर्षकै बालकले बलात्कार तथा सामूहिक हत्या जस्तो जघन्य अपराध घटाउला भन्ने अनुमानसम्म गरेको थिएन । सन्जय पनि घटनास्थलको अनुसन्धानमा लागेको प्रहरीकै सहयोगी बनेर हिँडेका थिए ।

प्रहरीलाई घटनाको अनुसन्धान गर्न चुनौती थपिँदै गयो । जुठीको घरमा फेला पारेको किलोबारे अनुसन्धान गर्दै जाँदा संजय भारतीको आँगनबाटै निकालिएको खुल्यो ।

कुुकुरले गरेको संकेत तथा किलाको कारण अनुसन्धान संजयकै परिवारमा गर्नुपर्ने देखिएपछि संजयमाथि समेत आशंका गर्न बाध्य भयो प्रहरी । सुरुमा संजयमाथि आशंका नै नगरेको प्रहरीले विस्तारै उनको निगरानी गर्न थाल्यो ।

प्रहरीको सोधपुछमा उनी १४ गते राति आफ्नो घरमासमेत नसुतेको खुल्यो भने उनले लगाएका लुगा पनि धोएको अवस्था फेला पर्‍यो ।

प्रहरीसँग संजयले राति बारीमा सुतेको बयान दिए । तर, बारीमा सुत्नुपर्ने खास कारण भने बताउन सकेनन् । १४ गतेको साँझ संजयसहितका ४ जनाले मादक पदार्थसमेत सेवन गरेको रहस्य प्रहरीले फेला पार्‍यो ।

अन्य साथीको बयानबाट मादक पर्दाथले लठ्ठिएका संजय ८ बजेतिर नै छुट्टिएको खुल्यो । प्रहरीले सोधपुछका लागि भन्दै संजयलाई नियन्त्रणमा लिएर जिप्रका सल्यान ल्यायो । प्रहरीसँग सुरुमा इन्कारी बयान दिएका उनले १५ गतेको राति १ बजे भने बयान स्वीकार गरे ।

प्रहरीसँगको बयानमा संजयले भनेका थिए, “मादक पदार्थको सेवन पछि अत्यधिक यौन चाहना जाग्यो । त्यही पूरा गर्न एकान्तमा रहेको सीताको घर पुगेको थिएँ । घरको ढोका फोडेर सीताको कोठा पुगेर बलात्कार गर्न खोज्दा प्रतिकार गर्न खोजेपछि सबैको किलाले प्रहार गरेर हत्या गरेँ ।”

सीताको घरको ढोका फोड्न उनले आफ्नै घरको गाई बाँध्ने किलो बोकेको समेत स्वीकार गरे । १७ वर्षीय संजयले सीताको परिवारको हत्यापछि जुठीमाथि समेत हत्या गर्ने उद्देश्यले आक्रमण गरेको प्रहरीको अनुसन्धानले खुलाएको थियो ।

अनि जेल चलान...
पछिल्लो तीन वर्षदेखि संजय भारती दाङ तुल्सीपुरको कारागारभित्र कैद जीवन भोगिरहेका छन् । संजयलाई २०७७ चैत ४ मा दाङकै घोराही कारागारबाट तुलसीपुर सरुवा भएर आएका कारागारका जेलर चिन्तामणि रेग्मीले बताए । यसअघि उनलाई सल्यान र घोराही कारागार राखिएको थियो । 

१७ वर्षकै उमेरमा जघन्य अपराधको अंकुरणले संजय जेल मात्रै पुगेनन्, बढ्दो उमेरमा कारागारको चौधेराभित्र जीवन गुुजार्दैछन् ।

सल्यान जिल्ला अदालतले संजयलाई ९ मंसिर २०७३ मा ज्यान मुद्दामा २० वर्ष कैद र बलात्कार मुद्दामा थप ५ वर्ष कैद सजाय गरेर २५ वर्षको फैसला सुनाएको थियो । १७ वर्षको भए पनि उनलाई बालसुधार गृह नपठाई जघन्य र क्ररतापूर्वक घटना गराएको भन्दै जेल पठाउनू भनियो ।

सामान्यतः १८ वर्ष उमेर नपुगेका दोषी ठहर भए वा पुर्पक्षका लागि थुनामा पठाउँदा बाल सुधार गृहमा राख्नुपर्ने नियम छ ।  बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार, कानुनको विवादमा परेका बालबालिकालाई सुधारका लागि बाल सुधार गृहमा राख्नुपर्ने उल्लेख छ ।

तर, संजय ०७३ देखि नै कारागारमा छन् । कारागारका कर्मचारीहरुका अनुसार, संजयलाई आफन्तसमेत भेट्न आएका छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement