site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणी नदीमा डुबेर युवकको मृत्यु
फाइल तस्बिर ।

मध्यविन्दु (नवलपरासी) । नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मंगलसिंह पुलामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको आज शव फेला परेको तिवारीले बताए । घटनास्थलबाट शव निकालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्तीसमेत परिचालन गरी खोजी गरिएको थियो ।

लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro