site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इङ्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं । फाइनलमा इङ्ल्यान्डविरुद्ध १–० को जित निकाल्दै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको छ । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रङ्गशालामा सम्पन्न खेलमा स्पेनलाई जित दिलाउन कप्तान ओल्गा कार्मोनाले गरेको गोल निर्णायक बन्यो । 

कार्मोनाले २९औँ मिनेटमा १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फर्स्ट टच’ गोल गरेकी थिइन् । यसपछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको हो । विश्वकपको तेस्रो सहभागितामै च्याम्पियन बनेको स्पेन जर्मनीपछि पुरुष र महिला दुवैतर्फ उपाधि जित्ने दोस्रो टिम बन्यो ।

खेलको ७०औँ मिनेटमा स्पेनले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । तर, जेनिफर हर्मोन्सोको प्रहार इङ्ल्यान्डकी गोलकिपरले सहजै बचाएपछि स्पेनले सुनौलो अवसर खेर फालेको थियो ।

स्पेनले विश्वकपमा ‘डेब्यू’ गरेको तेस्रो सहभागितामै च्याम्पियन बनेको हो । सन् २०१५ को संस्करणमा डेब्यू गरेको स्पेनको यो तेस्रो सहभागिता हो । गत संस्करणमा प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गर्नु नै स्पेनको यसअघिको उत्कृष्ट नतिजा थियो ।

स्पेन समूह ‘सी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ ले हरायो ।

यस्तै, अन्तिम–८ मा नेदरल्यान्ड्सको चुनौती २–१ ले पन्छाएको स्पेनले सेमिफाइनलमा विश्वकपको सदाबहार दाबेदार स्विडेनलाई २–१ ले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro