site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हातको शल्यक्रिया गराएका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था कस्तो छ ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जलनपछि नियमित उपचारमा रहेका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकोे दायाँ हातको शल्यक्रिया गरिएको छ । कीर्तिपुर बर्न अस्पतालमा शल्यक्रियापश्चात् भण्डारी पुरानो बानेश्वरस्थित डेरामा आराम गरिरहेका छन् ।

केही दिन अझै विशेष स्याहार गर्नुपर्ने र उनी हिँड्डुल गर्ने अवस्थामा नरहेको भण्डारीकी श्रीमती डा. लक्ष्मी पाण्डेले बताइन् ।

कीर्तिपुरमा के गरियो ? 
भारतमा उपचार गराएर फर्किएपछि भण्डारी निरन्तर थेरापीमा रहेका थिए । दायाँ हातमा जलनको गहिरो चोट थियो । भारतमा नै दायाँ हातको दुईपटक शल्यक्रिया गरिएको थियो । पछिल्लो समय त्यही हातमा छाला बढेपछि शल्यक्रिया गरिएको हो ।

६ घण्टा लामो शल्यक्रियाका लागि कीर्तिपुर अस्पतालको चिकित्सक टोलीलाई साथ दिन क्यानडाबाट वरिष्ठ प्लास्टिक सर्जन डा. टिम स्प्रोउल नेपाल आएका थिए । शल्यक्रिया गरिएको हातमा भण्डारीको पेटको भागबाट छाला निकालेर प्रत्यारोपण गरिएको सो अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले जानकारी दिए ।

ewfg1692529945.jpg

डा. नकर्मीका अनुसार शल्यक्रियापछि आउँदो मंगलबार पहिलो ड्रेसिङ गरिनेछ । पहिलो ड्रेसिङपछि उनको हातको अवस्थाबारे थप बताउन सकिने उनको भनाइ छ ।

पहिलो ड्रेसिङको एक सातापछिदेखि शल्यक्रिया गरिएको हातको दैनिक थेरापी गर्नुपर्ने डा. नकर्मीले बताए ।

०७९ फागुन ३ गते राति काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास चुहिएर आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । शरीरको ७० प्रतिशत भाग जलेकी हरिकलाको उपचारका क्रममा भोलिपल्ट कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

सांसद भण्डारीको भने अनुहार, दायाँ हात र खुट्टा गरी शरीरको ३० प्रतिशत भाग जलेको थियो । भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा ७२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइएको थियो । त्यसयता कीर्तिपुर र फ्रन्टलाइन अस्पतालका चिकित्सकले उनको थेरापी र फलोअप उपचार गरिरहेका थिए ।

पछिल्लो समय भण्डारी संसद्, संसदीय समिति र दलको बैठकमा पनि उपस्थित भइरहेका थिए ।

उनी भारतमा रहँदा विभिन्न देशमा रहेका नेपालीले उपचारका लागि भन्दै केही रकम समेत पठाएका थिए । आफूले त्यो रकमबाट उपचार गराउँदा जनताको अपमान हुने भन्दै उनले लिन मानेका थिएनन् । भारतमा उपचार गराउँदा झन्डै एक करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

“म जनताको एक रुपैयाँ लिन्नँ, बरु त्यो पैसा अस्पताल बनाउन जाओस्, हजारौँ नेपालीले मजस्तै पुनर्जीवन पाऊन्,” सांसद भण्डारीले भने । उनको उपचारमा राज्यकोषबाट पनि रकम नलिइएको परिवारले जनाएको छ ।

पछिल्लो शल्यक्रिया भने कीर्तिपुर अस्पतालले निःशुल्क गरेको थियो । डा. स्प्रोउल आफ्नै खर्चमा क्यानडाबाट नेपाल आई उपचारमा संलग्न भएको अस्पतालले जनाएको छ ।

भण्डारी र महजोडीको संरक्षणमा कीर्तिपुर अस्पतालमा जलन कोष समेत स्थापना गरिएको छ । जलनको महँगो र संवेदनशील उपचार हुने भएकाले न्यून आय भएका नागरिक समेत वञ्चित नहून् भन्ने उद्देश्यले कोष स्थापना गरिएको उनकी श्रीमती लक्ष्मी बताउँछिन् ।

सो कोषमा जम्मा हुने रकमबाट सामाजिक सेवा इकाइमार्फत कीर्तिपुर बर्न अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको निःशुल्क उपचार गरिने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro