खेल
काठमाडौं । फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डविरुद्ध पहिलो हाफमा स्पेनले १–० को अग्रता बनाएको छ ।
अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा जारी खेलको पहिलो हाफमा कप्तान ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी हुन् । कार्मोनाले २९औँ मिनेटमा १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फस्ट टच’ गोल गरेकी थिइन् ।
महिला विश्वकपको इतिहासमा यी दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् । अमेरिका र जर्मनीमध्ये कुनै एक टिमले फाइनलमा स्थान बनाउन नसकेको यो पहिलोपटक हो ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १६:३५
प्रतिक्रिया दिनुहोस्