site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकामा हुने राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार नियन्त्रणसम्बन्धी बैठकमा श्रेष्ठले मुलुक आत्मनिर्भर हुने वस्तुमा बाहिरबाट चोरी पैठारी हुने गरेको देखिएको भन्दै राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, "भन्सार नाका र खुला सीमानाबाट हुने चोरी पैठारी व्यवसायीको मात्र समस्या नभएकाले यसप्रति  सरकार गम्भीर छ ।"

भारतबाट चोरी पैठारी हुँदै कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिँदा विभिन्न रोगको जोखिम बढेको भन्दै क्वारेन्टाइनसम्बन्धी कानुन परिमार्जन गर्न समन्वयन गर्ने उनको भनाइ छ ।

श्रेष्ठले सीमा क्षेत्रमा दर्ता नभएर सञ्चालन भएका वा दर्ता भएर पनि अवैध रूपमा सञ्चालन भएका कुखुरा फार्महरूलाई हटाउन निर्देशन दिने धारणा राखे ।

अर्थतन्त्र सुधारका लागि आन्तरिक पुँजी निर्माण, पुँजीगत खर्च कार्यान्वयनको अवस्था र व्यापार घाटा न्यूनीकरणलाई सम्बोधन नगरेसम्म मुलुक अघि बढ्न नसक्ने उनले उल्लेख गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro