site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो  

काठमाडौं । घरेलु टिम अस्ट्रेलियाविरुद्ध २–० को जित निकाल्दै स्वीडेनले फिफा महिला विश्वकपमा तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार ब्रिसबेनस्थित सनक्रप रंगशालामा भएको खेलमा स्वीडेनलाई जित दिलाउन फ्रिडालिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरे ।

खेलको ३०औँ मिनेटमा रोल्फोले गरेको गोलबाट स्वीडेनले अग्रता बनाएको थियो । ६२औँ मिनेटमा एस्लानीले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । यसपछि दुवै टिमबाट थप गोल भएन ।

स्वीडेन लगातार दोस्रोपटक विश्वकपमा तेस्रो भएको हो । सन् १९९१ देखि विश्वकपका सबै संस्करण खेलेको स्वीडेनले हालसम्म उपाधि चुम्न सकेको छैन । एकपटक उपविजेता र तीनपटक तेस्रो भएको थियो ।

स्वीडेन जारी संस्करणमा समूह ‘जी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । स्वीडेनले प्रि–क्वार्टरफाइनलमा साविक विजेता समेत रहेको अमेरिकालाई पेनाल्टी सुटआउटमा ५–४ ले स्तब्ध बनाएको थियो । २००३ को उपविजेता स्वीडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो ।

जारी विश्वकपको फाइनल खेल आइतबार (भोलि) हुनेछ । अस्ट्रेलिया रंगशालामा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्नेछन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro