site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इन्डोनेसियाको होटेलमा आगलागी हुँदा  तीनजनाको मृत्यु, तीनजना घाइते

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटेल भवनमा आगलागी हुँदा कम्तीमा तीनजनाको मृत्यु  भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार राति करिब ११ः५० बजे आगलागी भएको हो । स्थानीय समयअनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ–२ होटेलमा लागेको आगो शुक्रबार दिउँसो २ः४० बजे निभिएको थियो ।

जिल्लाका प्रहरी उपप्रमुख ट्रिबुआना रोजेनोले आगलागीमा तीनजना होटेलका पाहुनाको मृत्यु भएको जनाकारी दिएका छन् । उनीहरू भेन्टिलेसन नभएको कोठामा फसेका थिए ।

आगलागीमा परी अन्य तीनजना पाहुना पनि घाइते भएका छन् र अहिले उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा चुरोटको टुठाले आगलागी भएको खुलेको छ । रासस–सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्