site stats
बाह्रखरी :: Baahrakhari
देश
सेफ्टी ट्यांकीमा परेर कञ्चनपुरमा हात्तीको मृत्यु
प्रतीकात्मक तस्बिर

काठमाडौं । कञ्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७, कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनमा शौचालयको सेफ्टी ट्यांकीमा परेर हात्तीको मृत्यु भएको हो । 

“घरको सेफ्टी ट्यांकीमा पछाडिको खुट्टा फसेपछि निस्किन नसकेर हात्तीको मृत्यु भएको हो,” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले बाह्रखरीसँग भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार बयस्क भाले हात्तीको मृत्यु भएको हो । उक्त क्षेत्रमा जंगली हात्ती हिँडिरहने गरेको मेहताको भनाइ छ । 

राति १२ बजेसम्म उक्त क्षेत्रमा हात्ती नदेखिएकाले बिहानीखको समयमा उक्त घटना भएको हुनसक्ने उनको भनाइ छ । 

मृत हात्तीलाई सेफ्टी ट्यांकीबाट क्रेन लगाएर निकाल्ने र  शव परीक्षणपछि अन्त्येष्टि गरिने मेहताले जानकारी दिए । “हाम्रो टोली अहिले घटनास्थलमा पुगिसकेको छ । अब क्रेनले हात्तीलाई बाहिर निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गर्नेछौं,” उनले भने । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्