site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आतंकवादी आक्रमणमा १७ सैनिक मारिए

नियामे, (नाइजर) । नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ नाइजर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

मंगलबार अबेर रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर माली नजिकको कौउउगौ सहरमा आतंकवादीले सेनामाथि हमला गर्दा १७ जनाले ज्यान गुमाएका तथा  २० जना घाइते भएका जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई राजधानी नियामे ल्याइएको छ । एक सयभन्दा बढी आक्रमणकारीलाई निक्रिय पारिएको दाबी गर्दै सेनाले अतिवादीलाई परास्त गर्न सैन्य बल प्रबिद्ध रहेको बताएको छ ।

Dabur Nepal
NIC Asia

जिहादी विद्रोहले अफ्रिकाको साहेल क्षेत्रलाई एक दशकभन्दा बढी समयदेखि  आक्रान्त पारेको छ । सन् २०१२ मा उत्तरी मालीमा फैलिएको  जिहादी आक्रमणले त्यसको तीन वर्षपछि  छिमेकी नाइजर र बुर्किना फासोलाई पनि गाँजेको छ ।

तीन देशहबीचको सीमानामा नियमित रूपमा इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध विद्रोहीहरूले आक्रमण गर्दै आएका छन् । उक्त क्षेत्रमा अतिवादी आक्रमणमा परी हजारौं सेना, प्रहरी अधिकारी र सर्वसाधारणले ज्यान गुमाएका छन्भने लाखौँ पलायन भएका छन् ।

निरन्तको रक्तपात र आक्रमणबाट आजित भएका ती देशका सेनाले सैन्य विद्रोहको असफल प्रयास पनि गर्दै आएका छन् । गत महिनाको २६ तारिखमा नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बजुमलाई अपदस्थ गरिएको छ । उहाँलाई हिरासतमा राखेर सेना प्रमुखले राज्यसत्ता आफूले सञ्चालन गरेको घोषणा गरेका छन् । उनलाई तत्काल निःशर्त थुनामुक्त गर्न र लोकतन्त्र बहाली गर्न अमेरिकालगायत अन्तरराष्ट्रिय समुदायले माग गर्दै आएका छन् ।  

नाइजरलाई उत्तरपूर्वी नाइजेरियाको उग्रवादी समूह बोको हरामले पनि आक्रमण गर्दै आएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro