राजनीति

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनमा सरुवा गरिएको छ । त्यस्तै, चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ । नुवाकोटका सीडीओ किरण थापा सप्तरी पुगेका छन् ।
उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १७:५८
प्रतिक्रिया दिनुहोस्