site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ट्विटरलाई टक्कर दिने भनिएको थ्रेड्सका प्रयोगकर्ता पाँच लाखमा झरे

काठमाडौं । केही दिन ठूलो चर्चा बटुलेको मेटाको सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्स अब भने दयनीय स्थितिमा पुगेको छ ।

जुलाई ५ मा १०० भन्दा बढी देशमा सार्वजनिक भएको थ्रेड्स एपलाई मेटाको संस्थापक मार्क जुकरबर्गले ट्विटरको प्रतिद्वन्द्वी भनेका थिए ।

जुलाईको सुरुतिर थ्रेड्सका सक्रिय प्रयोगकर्ताको संख्या २३ लाख पुगेको थिए । तर, अगस्ट ७ मा आइपुग्दा थ्रेड्सका एक्टिभ युजरको संख्या पाँच लाख ७६ हजारमा झरेको हो ।

व्यक्तिगत प्रयोगकर्ता मात्रै नभएर ठूला ब्रान्डहरुले पनि थ्रेड्स चलाउन र पोस्ट गर्न छोडेका छन् ।

जुलाई ५ मा सार्वजनिक गरेको केही घण्टामै ५० लाख प्रयोगकर्ता नाघेको भन्दै कम्पनीले चर्चा पाएको थियो । अहिले सोही गतिमा प्रयोगकर्ता घटेका हुन् ।

ट्विटरलाई टक्कर दिने भनेको एप आरोलो लाग्दै गर्दा उता ट्विटरका प्रमुख मस्कले कम्पनीलाई एक्समा रिब्रान्ड गरिसकेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro