site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
लाखौँ अमेरिकीहरूको स्वास्थ्य विवरण चोरी

काठमाडौं । ह्याकरहरूले लाखौँ अमेरिकी नागरिकको मेडिकल र स्वास्थ्यसम्बन्धी संवेदनशील विवरण चोरी गरेका छन् ।

आईबीएमले अपरेट गरेको फाइल ट्रान्सफर सिस्टम मुभइटमा रहेको भ्लनेरेबिलिटी अथवा त्रुटिका कारण डेटा चोरी भएको बताइएको छ ।

अमेरिकाको कोलोराडो डिपार्टमेन्ट अफ हेल्थ केयर पोलिसी एण्ड फाइनान्सिङ (एचसीपीएफ)ले शुक्रबार आफू पनि मुभइट मास ह्याकिङको  शिकार भएको पुष्टि गरेको छ ।

ह्याकरहरूले ४० लाखभन्दा बढी बिरामीको स्वास्थ्य विवरण चोरी गरेको बताइएको छ ।

कोलोराडोको एचसीपीएफले डाटा ब्रिचबाट प्रभावित भएकाहरूलाई सूचना जारी गर्दै आईबीएमले डाटा ट्रान्सफर गर्न मुभइट सफ्टवेयर प्रयोग गरेका कारण डाटा चोरिएको बताएको छ ।

पत्रमा एचसीपीएफ र कालोराडो सरकारको कुनै प्रणालीमा प्रभाव नपरेको र आईबीएमले प्रयोग गरेको मुभइटमा रहेका एचसीपीएफका केही फाइलहरूमा ह्याकरले पहुँच पुर्‍याएको उल्लेख गरेको छ ।

चोरी भएको विवरणमा बिरामीहरूको पूरा नाम, जन्म मिति, घरको ठेगाना, सामाजिक सुरक्षा नम्बर, मेडिकेड र मेडिकेयर आईडी, आम्दानीसम्बन्धी जानकारी, क्लिनिकल र मेडिकल डेटा र स्वास्थ्य बिमाको जानकारी रहेको एचसीपीएफले जनाएको छ ।

यसअघि गत जुलाईमा अमेरिकी हेल्थ केयर कम्पनी एचसीएले करिब एक करोड १० लाख जनाको स्वास्थ्य विवरण चोरी भएको बताएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro