site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको तीनमहिने अभियान : २५ लाख मतदातासँग भेटघाट गर्ने 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले तीनमहिने संगठन विस्तार अभियानबाट आठ लाख पार्टी सदस्य पुर्‍याउने लक्ष्य लिएको छ ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’बारे पार्टी केन्द्रले जारी गरेको ‘सर्कुलर’मा २५ लाख मतदातासँग भेटघाट गर्ने पनि उल्लेख छ । तीनमहिने अभियान केन्द्रीय सदस्यहरू वडा तहमा नै पुग्नेछन् ।

“नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पुर्‍याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने,” सर्कुलरको लक्ष्य शीर्षकमा भनिएको छ, “कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने ।”

Dabur Nepal
NIC Asia

आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा एक/एक उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने जनाइएको छ ।

संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम सातै प्रदेशमा एक/एक आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने पनि उल्लेख छ । 

अभियान तीन चरणमा 
माओवादीले अभियान तीन चरणमा सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा बैठक, भेला, सदस्यता नवीकरणलगायत कार्य गरिने सर्कुलरमा उल्लेख छ ।

“बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरूको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण,” पहिलो चरणको कामबारे सर्कुलरमा भनिएको छ ।

दोस्रो चरणमा पाँचघण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण सञ्चालन गरिनेछ ।

“पाँचघण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक संघसंस्थाहरूसँग अन्तरक्रिया,” दोस्रो चरणको कार्यक्रमबारे भनिएको छ ।

यस्तै, तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्षलगायत कार्यक्रम गरिने जनाइएको छ ।

“तेस्रो चरण : जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम,” सर्कुलरमा उल्लेख छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई आधार बनाई प्रदेशको सापेक्षतामा अभियानको विस्तृत कार्ययोजना बनाइने जनाइएको छ ।

त्यसअन्तर्गत आठौँ महाधिवेशनद्वारा पारित ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’सम्बन्धी रणनीति र कार्यनीतिलाई पार्टीपंक्ति र जनसमुदायबीच पुर्‍याउने उल्लेख छ ।

अभियानका क्रममा आत्मनिर्भर आर्थिक नीति, प्राकृतिक स्रोतहरू, जलजंगल, जमिनको व्यवस्थापनसम्बन्धी नीति, कृषि, उद्योग तथा वाणिज्य, शिक्षा, स्वास्थ्यसम्बन्धी नीति सम्बन्धमा विभिन्न तहमा अन्तरक्रिया गर्ने, विधान सम्मेलनको तयारीलाई सहयोग पुग्ने गरी नयाँ ढंगको कम्युनिस्ट पार्टीबारे पार्टीपंक्तिमा व्यापक छलफल गरिने सर्कुलरमा जनाइएको छ ।

शैक्षिक सुधार, स्वरोजगार, उत्पादनसँग सम्बन्धित कार्यका लागि पेसाका आधारमा संगठित गर्ने, सहकारीहरूलाई उत्पादनको काममा लगाउने, बाँझो जमिनको प्रयोग, बजारीकरण, मल, बिउको समस्या समाधान हुने कुरामा विश्वस्त पार्न निर्देशन दिइएको छ ।

पर्यटन, साना उद्योगसम्बन्धी कामको सम्भाव्यता अध्ययन गर्ने, वडाको समग्र डाटा संकलन गर्ने सर्कुलरमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu