site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
असनमा छैन व्यापार, दिनभरि कुरेर बोनी
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्थतन्त्र चलायमान नभएको गुनासो उद्योगी र व्यवसायीहरूले गर्दै आएका छन् ।

निजी क्षेत्रका तीन छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरूले अर्थमन्त्री र गभर्नरलाई नै भेटेर अर्थतन्त्रमा भएको असहज अवस्थालाई सहज बनाउन आग्रह गर्दै आएका छन् ।

आर्थिक मन्दीबाट बाँच्न व्यवसायीले गरेको हारगुहारको मुख्य बुँदा भनेको ब्याजदर, जग्गा कित्ताकाट तथा चालुपुँजी कर्जा मार्गदर्शनमा भएको व्यवस्था रहेको छ ।

Agni Group

तर, सानो दैनिक ५० देखि ६० हजार रुपैयाँको कारोबार गर्ने असनका व्यवसायीलाई भने ग्राहक नआएर तनाव छ ।

अहिले असन तथा महाबौद्ध क्षेत्रमा यसको व्यसायीहरू फुर्सदिला भएर बसेको देख्न सकिन्छ । अहिले यो क्षेत्रका कपडा, भाँडा, कस्मेटिक तथा अन्य पसलमा व्यापार व्यवसाय घट्दै गएको छ ।

Global Ime bank

कतिपय त व्यापार नै छोडेर विदेश पलायन भइसकेका छन् । असनका व्यवसायीहरू अहिले व्यापार नभएर दैनिक पसलमा झोक्राएर बसेका हुन्छन् । कोही नयाँ मान्छे गए गफिएर बस्ने गरेका छन् । आफ्नो पीडा भुल्न पनि यसरी हाँस्नु परेको बताउँछन् ।

विगत ३५ वर्षदेखि कपडाको होलसेल व्यवसाय गर्दै आएका जितेन्द्र ज्योत्वाल अहिले व्यवसाय ठप्प भएको बताउँछन् ।

अघिल्लो वर्षहरूमा यो समय सामान किन्न आउनेको घुइँचो लाग्ने गरेको भए पनि अहिले त्यस्तो अवस्था नभएको उनी बताउँछन् । अहिले बोनी गर्नलाई पनि २/३ बजेसम्म कुर्नु परेको अवस्था आएको ज्योत्वालको भनाइ छ ।

“बजारमा अहिले व्यापार नै छैन । दिनभरि बस्न मात्र परेको छ,” उनले भने, “कहिलेकाहीँ त दिनभरि खाली बसेर नै घर फर्कनुपर्ने अवस्था छ । खै के भएर यस्तो अवस्था आयो ? काठमाडौं बाहिरका पसलेहरू पनि सामान लिन आएका छैनन् ।”

व्यवसाय नै नभएपछि कतिपय त विदेश जान थालेका छन् । कतिले त व्यवसाय नै छाडेर सटर बन्द गरेको असनकै अर्का व्यापारी उमेश अग्रवाल बताउँछन् ।

उनले विगत १८ वर्षदेखि असनमा साडी तथा कुर्था सुरुवालको व्यवसाय गर्दै आएका छन् । तर, अहिलेको जस्तो सुस्त व्यापार कुनै वर्ष पनि नभएको बताउँछन् । दशैंमा पनि कारोबार सुस्त नै रह्यो भने धेरै व्यवसायीले व्यवसाय नै छोड्ने उनी बताउँछन् ।

“यस्तो सुस्त व्यवसाय त कुनै पनि वर्ष भएको थिएन । किनभने मैले पनि व्यवसाय गरेको १८ वर्ष भयो,” अग्रवालले भनिन्, “दशैमा पनि सुस्त भयो भने व्यवसायीहरू सबै पलायन हुन्छन् । मान्छे नै नआएपछि पसल खोलेर बस्नुको कुनै अर्थ छैन ।”

यी दुई व्यवसायी त उदाहरण मात्र हुन् । असनमा उनीहरू जस्तै धेरै व्यवसायीहरू पीडित छन् । झोला व्यापार, कस्मेटिक व्यवसाय गर्दै आएका व्यवसायीको पनि यस्तै अनुभव छ ।

अहिले व्यापार नभएर अत्यार लाग्ने गरेको झोला व्यापारी कल्पना कपाली बताउँछिन् । उनको पनि अनुभव अन्य व्यवसायीको जस्तै छ । यो वर्षको कारोबार देख्दा अत्यास लाग्ने गरेको बताइन् ।

सहकारीमा आएको समस्याले गर्दा पनि अहिलेको समस्या उत्पन्न भएको व्यवसायीकै गुनासो छ । सहकारीले बजारमा पैसाको फ्लो बढाउने गरेका थिए । तर, अहिले सहकारीका सञ्चालकले गरेको गल्ती व्यवसायीहरूले पनि भोग्नु परेको कस्मेटिक व्यवसायी सृजना कपाली बताउँछिन् ।

“सहकारीले गर्दा पनि यो समस्या उत्पन्न भएको हो । सहकारीमा समस्या आएपछि त्यससँग जोडिएका सबै क्षेत्र चलायमान हुन सकेनन्,” उनले भनिन्, “हामीसँग पैसा नभएपछि के दिने र ? मेरो व्यवसाय राम्रो थियो । अहिले त दिनभरिमा एउटा ग्राहक पनि आउँदैन ।”

सरकारले पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । अहिले पनि निर्माण व्यवसायीहरू भुक्तानी नपाएर सडकमा आन्दोलनरत छन् । निर्माण क्षेत्र चलायमान हुन नसक्दा पनि त्यसको प्रभाव जनमानससम्म परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu