site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमजीले ल्यायो एक्सचेन्ज अफर, जुनसुकै गाडी ईभीसँग साट्न मिल्ने

काठमाडौं । एमजी अर्थात् मोरिस ग्यारेज मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विशेष एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १००औँ वार्षिकोत्सवको अवसरमा एमजीले यो अफर ल्याएको हो ।

यसअन्तर्गत ग्राहकहरूले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्ने कम्पनीले जनाएको छ ।

पारामाउन्ट मोटर्सले एमजी मोटर्सको १००औँ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण नेपाली ग्राहकहरूलाई साथ र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ ।

साउन २६ देखि भदौ २४ सम्म चल्ने अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडीको उच्चतम मूल्यांकन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्ने कम्पनीको भनाइ  छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro