site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको भीड

काठमाडौं । यो वर्षको साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालयहरूमा दर्शनार्थी भक्तजनको घुइँचो छ ।

यो वर्ष साउनमा पाँच सोमबार परेको थियो । साउन र सोमबार भगवान् शिवको महिना र बार भएको मान्यताअनुसार प्रत्येक वर्ष यो समयमा शिवालयमा भक्तजनको घुइँचो हुने गर्छ ।

Dabur Nepal
NIC Asia

साउनको सोमबार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने जनविश्वास छ । भक्तजनले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् ।

विवाहित महिलाले श्रीमान्को दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्छन् । साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरूले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।

आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro