site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी : अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आमजनताको चासो र चिन्तालाई मध्यनजर गरेर भन्सारका कर्मचारी सक्रिय हुनुपर्ने बताएका छन् ।

आइतबार भन्सार व्यवस्थापनसम्बन्धी गोष्ठीमा उनले भने, “सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।”

आयातकर्ता र करदातालाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले ‘बार्गेनिङ’ गर्न नहुनेमा उनले जोड दिए । “मैले धेरै भन्सार नाकाको भ्रमण गरेँ, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ । यो गलत हो, बन्द हुनुपर्छ,” उनले भने, “राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ, यी साथीहरूलाई एउटै ‘बास्केट’मा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन ।

कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्ने उनले बताए ।

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै उनले भने, “त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौँ त्यत्तिकै थन्क्याई राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो, अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।”

इमानदार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने उनले बताए । “लक्ष्यमा पुग्नैपर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुःख दिएर काम गर्नुपर्छ भनिएको छैन,” मन्त्री डा. महतले भने, “कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौँ ।”

अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने उनको धारणा छ । “लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौँ, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुन्छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro