site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरले संसदीय दलको बैठकमा भने– उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक छ
फाइल तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक भएको बताएका छन् । उनले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले माग गरिरहेको समिति गठनको पक्षमा बोलेका हुन् ।

आइतबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले एमालेले किन उच्चस्तरीय संसदीय छानबिन समिति माग्दै छ, त्यो विषयमा कांग्रेसले सोच्न आवश्यक भएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“प्रचण्डजीको निजी सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयको व्यक्ति सात दिन पहिले राजस्व अनुसन्धानको डिजी भएर जानुहुन्छ, सुन समातिन्छ, त्यसपछिका घटनाहरु हेर्नुहोस्,” उनले भनेका छन्, “सीआईबीलाई किन दिनु पर्यो, हामी नै सक्षम छौँ छानिबन गर्न भन्नुभयो । त्यसकारण उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक छ ।”

एक सांसदका अनुसार बैठकमा उनले तस्करी प्रकरणमा हङकङ र चीनलाई समेत सरकारले प्रश्न गर्न नसकेको धारणा राखेका छन् ।

Royal Enfield Island Ad

“सुन हङकङ र चाइनाबाट आयो । यो तस्करी विषयमा नेपाल सरकराले उनीहरुलाई प्रश्न सोधेर लेखेर पठायो किन पठाएन ? हामीले यसमा कहिले सोच्यौँ,” शेखरको भनाइ उद्धृत गर्दै ती सांसदले भने, “एमालेले किन समिति मागिरहेको छ, त्यो सोच्यौँ ?”

शेखरले भारतमा एक हजार ४०० टन सुन खपत हुने र नेपालबाट मात्र चारदेखि ५०० टन सुन तस्करी भएर भित्रने बैठकमा बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro