site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेटौँडा–काठमाडौँ छोटो दूरीका सबै सडक अवरुद्ध, कर्राको बाढी बस्तीमा पस्यो
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । हेटौँडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैँसेबजारबाट दुई किलोमिटरको दूरीमा पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै, कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३, भालुडाँडास्थित कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

यसैगरी, त्रिभुवन राजपथको भीमफेदी–९, लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुरका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक वसन्त आचार्यले बताए ।

यस्तै, कान्ति लोकपथ पनि बकैया गाउँपालिका–११, आँपचौरमा पहिरो खस्दा अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा–काठमाडौं जाने यात्रीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

भारी वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ । गर्दोही क्षेत्रमा रहेका केही घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरेको छ । विगतमा पनि भारी वर्षाका बेला उक्त क्षेत्रमा डुबान हुने गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro