site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यसकारण भारी र धेरै भारी वर्षा हुँदै छ तीन दिन 
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर सर्दा देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । यो क्रम केही दिन यथावत रहनेछ । 

सिन्धुली, बर्दिबास तथा आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“हामीले शुक्रबार नै अबका केही दिन भारी र धेरै भारी वर्षा हुने जानकारी गराएका थियौं । हाम्रो पूर्वानुमान अनुसार वर्षा र भारी वर्षा पनि सुरु भएको छ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “अहिले सिन्धुली र बर्दिबास आसपासमा भारी वर्षा भइरहेको छ ।” अन्य क्षेत्रमा पनि अब मनसुनको गतिविधि बढ्ने र भारी वर्षा पनि हुने उनको भनाइ छ । 

Agni Group
NIC Asia

“कम्तीमा अझै तीन दिन देशका धेरै स्थानमा वर्षा हुनेछ । योभन्दा अझै केही दिन बढ्न पनि सक्छ,” मौसमविद् झा भन्छन् । 

न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहनु नै अहिलेको वर्षाको मुख्य कारण भएको उनले जानकारी दिए । न्यूनचापीय रेखा जहिलेसम्म सरदर स्थानभन्दा उत्तरतर्फ रहन्छ, त्यो समयसम्म नेपालमा ठूलो  परिमाणमा वर्षा हुने उनको भनाइ छ । मौसमविद् झाका अनुसार न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फबाट तल झर्न कम्तीमा चार/पाँच दिन लाग्नेछ । 

Global Ime bank

न्यूनचापीय रेखा सरदरस्थानभन्दा माथि रहनुका साथै अहिले भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसका कारण भारी वर्षा भएको हो ।

आज वाग्मती नदीको जलसतह सतर्कता तह आसपास पुग्नसक्ने  पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार र सोमबार नारायणी, कर्णाली, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने तथा केहीमा खतरा तह आसपास पुग्ने महाशाखाको भनाइ छ । 

आइतबार र सोमबार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आज (शनिबार) राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको हुनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।

नेपालमा अहिलेसम्मकै धेरै वर्षा कहाँ कहिले ?

विभागका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती  प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

“कम्तीमा तीन दिन भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरोको जोखिम रहेकाले त्यसबाट बच्न सतर्क रहनुपर्ने पनि देखिएको छ,” मौसमविद् झाले भने । 

भारी वर्षाका कारण दैनिक जनजीवन, जनस्वास्थ्य, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले आवश्यक सतर्क रहन आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu