site stats
बाह्रखरी :: Baahrakhari
विदेश
टर्कीको अन्ताल्या अन्तर्राष्ट्रिय विमानस्थल थप विस्तार हुँदै 

काठमाडौं । टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने भएको छ । दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्ताल्या विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल पनि हो ।

पछिल्लो वर्षमा विश्वका धनाढ्यहरूको आकर्षक गन्तव्य बनिरहेको अन्ताल्यालाई टर्की सरकारले पुनःनिर्माण र विस्तार गरिरहेको छ । अन्ताल्या अन्तर्राष्ट्रिय विमानस्थलले अहिले चार करोड यात्रुलाई सेवा दिइरहेको छ । पुनःनिर्माण पछि यो दोब्बर हुनेछ । निर्माण सम्पन्न भइसकेपछि वार्षिक आठ करोड यात्रुलाई सेवा दिन सक्षम हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनवरी २०२२ मा सुरु भएको पुनःनिर्माण कार्य जनवरी २०२५ सम्ममा सम्पन्न हुनेछ । परियोजनाको पहिलो चरणमा नयाँ रनवे, टर्मिनल भवन र कार्गो ह्याण्डलिङ सुविधाको निर्माण गरिने एयरपोर्ट विस्तारको नेतृत्व गरिरहेको कम्पनी टाभ कन्स्ट्रक्सनका परियोजना निर्देशक एर्डोगान काराबाकाकले बताएका छन् । टर्कीलाई युरोप र एसियासँग जोड्न यो विमानस्थल महत्वपूर्ण हुने उनको भनाइ छ ।

टर्की सरकारका अनुसार २०२२ मा चार करोड २० लाख विदेशी पर्यटकले अन्ताल्या विमानस्थल प्रयोग गरेका थिए । जसबाट तीन अर्ब ४० करोड अमेरिकी डलर राजस्व संकलन भएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्