site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'पितासरह'को भूमिका निर्वाह गरेको भन्दै सुनील शर्माले दिए ओलीलाई धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई 'विशेष धन्यवाद' दिएका छन् ।

अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि 'पितासरह'को भूमिका निर्वाह गरेको बताएका हुन् ।

"मेरो पिताजीसहर रोल निर्वाह गर्नुभएको, राष्ट्र नायकका रूपमा उहाँले आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली र उहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयबाट धन्यवाद दिन चाहन्छु । म उहाँलाई भेट्छु पनि," शर्माले भने ।

उनले शेखर कोइराला, गगन थापासहितका नेताहरूलाई पनि धन्यवाद दिए । उनले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई पनि धन्यवाद दिए ।

आजैमात्र ओलीले गृह र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई प्रक्राउ गरिएको बताएका थिए । उनको पार्टी एमालेले संसद्‍मा शर्माको पक्षमा वकालत गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro