site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मैले न्याय पाएँ, मीनबहादुर र बालकृष्णले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ : सुनील शर्मा

काठमाडौं । कांग्रेस सांसद सुनील शर्माले आफूले न्याय पाएको बताएका छन् । जिल्ला अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले आफूले न्यायालयबाट न्याय पाएको बताए ।

उनले व्यावसायी मीनबहादुर गुरुङ र कांग्रेस नेता बालकृष्ण खाँणले पनि बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने पनि बताए । उनीहरू 'भगौडा' नभएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

"न्यायालयले मलाई न्याय दिएको छ । अझ धेरै मान्छेले न्याय पाउन बाँकी छ । अरू मान्छेले पनि न्याय पाउनुपर्छ । मीनबहादुरजस्ता मान्छे भित्रै कस्टडीमा छन् । उनीहरूले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ । बालकृष्ण खाँणले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ । किनभने उहाँ भगौडा होइन," उनले भने । 

शर्माले राज्यसत्तामा टिकिरहन आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको पनि आरोप लगाए । उनले आफूलाई ३० वर्ष पुरानो फाइल खोलेर तेस्रोपटक पक्राउ गरिएको पनि बताए । उनले आफूले आईएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने दाबी गरे ।

"सुन तस्करका संरक्षकहरू विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरूले राजनीनामा दिनुपर्छ । मैले यो मागसहित अनशनको घोषणा गरेको थिएँ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको हो । यो ३० वर्ष पुरानो फाइल  मलाई तेस्रोपटक गिरफ्तार गरिएको हो," उनले भने । 

आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको भन्दै उनले शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर 'गुन तिर्नु' भएको बताए । उनले अब कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताए ।

"माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ । यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन," उनले भने ।

सांसद शर्माले आफूलाई बिनाकारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीले सत्तामा बसिरहन नैतिकताले नदिने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro