site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षा ऐनमा केही नक्कली पाइयो, सच्याएर सदनमा पेस गर्दै छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्बाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको १०० दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली शिक्षा ऐन मन्त्रिपरिषद्मा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसद्मा पेस गर्न तयारी गरिरहेको बताए ।

“संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रुप दिइँदै छ,” उनले भने, “र, मैले अस्तिको दिन मात्रै क्याबिनेटमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेसन आएको देखेपछि त्यसलाई रोकेर त्यसलाई सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया सुरु भएको छ ।”

Argakhachi Cement Island Ad

केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको उनले बताए । नयाँ संकल्प, प्रतिवद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै उनले स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको बताए ।

“अहिले हामी एउटा नयाँ संकल्पसहित, नयाँ प्रतिवद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छाँै,” उनले भने, “सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो कि भनेको जस्तो ठानेको सुन्छु, त्यस्तो होइन । स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान छ ।”

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्