site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चन्द्र भण्डारीको प्रश्न– सफाइ पाएका सुनील शर्मालाई फेरि किन पक्राउ गरियो ?
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं  । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सुनील शर्मालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए ।

शुक्रबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले भने, “जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन । सुनील शर्मालाई थुन्नुपर्छ भन्ने छैन । मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु,” सांसद भण्डारीले भने, “तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन् । बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो ।”

Dabur Nepal
NIC Asia

उनले ललिता निवास प्रकरणको उदाहरण दिँदै शर्मालाई पक्राउ गर्नु गलत भएको दाबी गरे ।  भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदाहुँदै सकिसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए । 

“नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन । सुनील शर्माले बोलेको कसैलाई नपचेको होला नि,” उनले भने, “कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने । सुनील शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro