site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडीले बनायो ५० लाख विद्युतीय गाडी, विश्व बजारकै लिडर बन्ने दौडमा

काठमाडौं । विद्युतीय गाडी एवं ब्याट्री निर्माता बीवाईडीले ५० लाख नयाँ विद्युतीय गाडी (एनईभी) सार्वजनिक गरेको छ । कम्पनीले विश्वकै पहिलो अटोमेकरका रुपमा अगस्ट ९ मा यो आंकडा हात पारेको बताएको हो ।

यो महत्वपूर्ण उपलब्धिको सेलिब्रिसेनका लागि बीवाईडीको ग्लोबल मुख्यालयमा आयोजित समारोहमा बोल्दै कम्पनीका अध्यक्ष वाङ चुआनफुले भने, “आज बीवाईडीको लागि एक ऐतिहासिक क्षण हो । किनकि, हाम्रो ५० लाखौँ नयाँ विद्युतीय सवारी उत्पादन लाइनबाट बाहिरिएको छ ।”

“यस विशेष अवसरमा हामी हाम्रा उत्पादनहरूप्रतिको विश्वासका लागि विश्वभरका हाम्रा ग्राहकहरू, यस यात्राको लागि उद्योगमा हाम्रा साझेदारहरू र हाम्रा प्रत्येक कर्मचारीहरू, जसको कडा परिश्रम र समर्पण छ, उनीहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ,” उनले अघि भने ।

बीवाईडीले १३ वर्षमा १० लाख, अर्काे १८ महिनामा ३० लाख र त्यसपछिको नौ महिनामा अहिले ५० लाख गाडी उत्पादनको आंकडा हात पारेको बताएको छ ।

कम्पनीले सन् २०२२ मा १८ लाख ६० हजार र सन् २०२३ को जनवरीदेखि जुलाईसम्ममै १५ लाख विद्युतीय गाडी बिक्री गरेको जनाएको छ । यस वर्ष ९२ हजार भन्दा बढी गाडी विदेशमा बिक्री गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले ४८ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको बताएको छ । कम्पनीले विश्वका ७० भन्दा बढी देशमा विद्युतीय सवारी र ५४ भन्दा बढी देशमा नयाँ विद्युतीय गाडी बिक्री गरेको जनाएको छ ।

बीवाईडीको अट्टो ३ संसारभर सबैभन्दा बढी रुचाइएको गाडीमा परेको छ । सन् १९९५ मा स्थापना भएयता कम्पनीले निरन्तर उल्लेख्य सुधार गर्दै आएको बताएको छ ।

सन् २०२२ मा मात्रै रिसर्च एन्ड डेपलपमेन्टका लागि २० अर्ब चिनियाँ युआन लगानी गरेको बीवाईडीले जनाएको छ । बीवाईडीले रिसर्च एन्ड डेपलपमेन्टमा ९० हजारभन्दा बढी प्रोफेसनलहरुले काम गरेको र विश्वभर ४० हजार पेटेन्ट फाइल गरेकोमा २८ हजार दर्ता भइसकेको समेत दाबी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro