राजनीति
काठमाडौं । नेपाली कांग्रेसले सांसद सुनील शर्मा पक्राउबारे आधिकारिक जानकारी लिइसकेपछि मात्र पार्टीको धारणा सार्वजनिक गर्ने बताएको छ ।
संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पक्राउबारे सभामुख र सीआईबीबाट जानकारी लिएपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।
"हामीले भर्खरै जानकारी पाएका छौँ । के विषयमा, के कारणले उहाँलाई पक्राउ गरिएको भन्ने विषयमा हामीले जानकारी लिइरहेका छौँ । त्यसपछि हामी पार्टीको धारणा सार्वजनिक गर्छौं," उनले भने ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १८:३५
प्रतिक्रिया दिनुहोस्