site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पक्राउ परेका सांसद सुनील, जसले सदनमै अनशन बस्छु भनेका थिए
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई सीआईबीले पक्राउ गरेको छ । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका शर्माले साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा उनले करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजनीमा मागेका थिए । तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरे संसद् भवनभित्रै आमरण अनसन बस्ने घोषणा समेत गरेका थिए ।

“त्रिभुवन विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदाखेरि मुख्य अभियुक्तलाई पक्रन नसक्नु भनेको हामी संसद्मा रहेका सांसदहरु पनि दोषको भागीदार हुन्छौँ । अहिले प्रधानमन्त्री बाहिर हुनुहुन्छ । बाहिर होउन्जेल त म पर्खिउँला । तर यो चिजलाई गुपचुप पारेर विचरा पहाडको गाउँको भरियालाई मात्र पारेर जेलभित्र कुहाउने अभिप्रायले मुख्य नाइकेहरु भाग्छन्,” उनले भनेका थिए, “दुईजना मन्त्रीहरु गृहमन्त्री र अर्थमन्त्री फेरि त्यही विचरा भुजेललाई समातेर मुख्य नाइकेलाई नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनमा घोषणा गर्न चाहन्छु, प्रधानमन्त्रीको आगमन पछाडि उहाँहरुले लिएको डेटभित्र भरियामात्रै पक्राउ पर्यो भने यो सदनभित्र म आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु, आजै ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय