site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुग्लिन–नारायणगढ सडकमा पुनः दुईतर्फी यातायात सञ्चालन
तस्बिर : ईश्वर क्षेत्री/सडक डिभिजन कार्यालय भरतपुर ।

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी यातायातका साधन सञ्चालनमा ल्याइएको छ । वर्षापछि पहिरोका कारण मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर अवरुद्ध भएको बाटो दुईतर्फी नै खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यसअघि, सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको थियो ।

पछि फेरि सवारीसाधनलाई रोकेर पहिरो पन्छाएपश्चात् दिउँसो करिब साढे ३ बजेदेखि दुईतर्फी नै सवारीसाधन सञ्चालनमा ल्याइएको सो कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro