site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन–नारायणगढ सडक एकतर्फी खुलाइयो
तस्बिर : ईश्वर क्षेत्री/सडक डिभिजन कार्यालय भरतपुर ।

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । आज बिहानैदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro